Monday, November 5, 2007

शेर्पाको मरण सांस्कार

शेर्पाको मरण सांस्कार -
मृत्यूसंस्कार शेर्पा समाजमा मृत्यू संस्कार बौधधर्म ङिङमपा सम्प्रदायको थितीरिती अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ। लामा पुरोहीत हरु बोलाई धर्मीक बिधीअनुसार पाठपुजा गर्नु पर्दछ। सकभर ठूला लामाहरु बाट फोवा हाल्नु पर्दछ। लासलाई धार्मीक बिधी अनुसार ठु ( पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ। लामा बाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घर्मानै वा घर नभएमा मृत्यूसंस्कार गृने सुबिधा भएका सार्वजनीक गुम्बाहरुमा राखी दिन् रात पुजा गरिन्छ।शेर्पासमाजमा कसैको मृत्यूभएमा मृतकको नाताहरु धुप, र (छोव) प्रसाद लिएर जाने प्रचलन छ। लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्राहरु जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ। लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मीक बिधीबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ। लासमा आगो लगाएपछी सबै मलामिहरुलाई पैसा दिइने चलन छ यसलाई लक्पा रब्चे भनीन्छ।मृत्यू पछीपनि आत्मा आफ्नो घर परिवारको वरिपरीनै घुमी रहन्छ भन्ने बिस्वाश मा दाह संस्कार पछी मृतकको मुर्ती बनाई सो मुर्तीलाई बिहान बेलुकिको खाना दिन र मृत्यू पछी हुने कुराहरुको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म संगै राखने चलन छ। यस प्रकृयालाई शेर्पा भाषामा (तेन स्योम्बु) अथवा सातु पाल्नु भनीन्छ ।यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकीन्छ। मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेल सम्म प्रतेक हप्ता अरु लामाहरु बोलाई पुजा गरीन्छ। यस पुजालाई दिन्जी भनीन्छ। मृत्यु भएको ३ देखी ७ साता भित्र लामा पुरोहीतहरु बोलाई पुजा गरी नातादारहरु, मित्रहरु बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पन्न गरीन्छ। मृतकको सम्झनामा प्रतेक बर्ष पुजा गर्ने चलन पनि छ। यसलाई लोम्ज्यु अथवा गोङ्जो भनीन्छ।
source: sherpaworld.com

शेर्पा जातिको विवाह सन्स्कर

शेर्पाको विवाह सांस्कार -
बिबाह
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरुको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरुको दाम्पत्य जिवन रामरो हुन्छ वा हुन्न भन्ने हेरीन्छ। सबैकुरा ठीक भयेमा केही कोसेलि, खता र एक ठेकी छ्याङ वा रक्सी लिएर केटी मागन आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ। यस प्रकृया लाई ठिज्यङ अथवा लोङज्यङ भनीन्छ। केटीको माईतबाट सकरात्मक जवाफ आएमा। राम्रो साईत हेरी फेमार, छ्याङ र खता लिएर केटीको माईतमा गएर केटी मागने चलन छ। यसलाई लोङज्यङ अथवा देम्ज्यङ भनीन्छ। केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कती आउने भनि केटा को तर्फ बाट सोधन जानेलाई पेज्यङ भनीन्छ। यसमा पनि छ्याङ र खता कोसेली लिएर जानु पर्छ। दुवैपक्षको सहमतीबाट बिबाहको मिती तोकिएपछी बिबाहको तयारी सुरु गरीन्छ। बिबाहको समयमा खुवाउने छ्याङ को लागी केही अन्न वा नगद रुपैया केटीको माइतमा जिम्मा लगाउने चलन छ। यसलाई छ्यावी भनीन्छ।
बिबाहको मिती तोकिएपछी सबभन्दा पहिले बिबाहको कार्यक्रमको जानकारी सहीत आफ्नो नातादार हरु, हितैषीहरु र साथीहरु लाई बिबाहको कार्यक्रममा सरीक हुन निमन्त्रणा ( देन्ज्यङ)पठाउने काम हुन्छ।
जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य कुलदेवता र जन्तीमा लाने धर्म चक्र (सिपखोलु) को पुजा गरीन्छ । सिपाखोलु लाई केटीको माइताको दिशातिर मुख फर्काई राखीन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ। जन्ती दुलहीको माइतमा पुगेपछी सिपाखोलु लाई दुलहाको घरतर्फ मुख फर्काई राखीन्छ। जन्ती जाने समयमा दुलहालाई परमपरागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो झलरदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको दत्तर र हातमा फुम्बा (पवित्र कलश) बोकि प्रस्थान गर्नु पर्दछ। घर बाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरु सगुन स्वरुप राखीन्छ। यसलाई सुर्ज्यङ भनीन्छ। यसता सगुनहरु प्रायश दुलहाको बिबाहीत दिदीबहिनीहरुले राखने चलन पनि छ। यसरी सगुन थापे बापतमा दिदी बहिनीहरुलाई दुलहाले उपहार दिने चलन छ। जन्ती प्रस्थान देखी दुलही भित्र्याउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ। यसतै दुलही को पनि केर्मी राखने चलन छ।
जन्ती आउने दिन बिहानै दुलहीको माईतमापनि लामा पुरोहित बोलाइ सुख शान्ती को पुजा गरीनछ र दुलहीका माइत तर्फका नातादारहरु, छरछिमेकीहरु भेलाभै जन्तीको स्वागतको तयारी गरीन्छ। जन्ती आईपुगने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सतकार गरीन्छ। जन्ती हरु लाई तयारगरिएको स्थानमा राखीन्छ। दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ। जन्तीहरु बसीसकेपछी दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यक्रम सकिएपछी दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई सील्ज्याङ भनीन्छ। यस पछी दुलहीको माईतीहरुलाई दुलहाको तर्फबाट कोसेली राखने कार्य हुन्छ। कोसेलिमा फेमार, छ्याङ र खता राखीन्छ। यस पछी दुलहीलाई सिंगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ। दुलही बसेपछी दुलहाले ल्याएको कलश दुलहीलाई दिइन्छ। यस पछी दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आफ्नो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई मोला भनीन्छ। मोला मा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरीन्छ । यसपछी लामा पुरोहित बाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनिको टिकालगाउदै आशीरबाद दिइन्छ। यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्धुर लगाई ३ पल्ट दुलहीको निधारमा टिका लगाइन्छ।यस पछी दुलहा र दुलही ले अआफ्नो ससुराली नातादारहरु लाई ढोगदै आशीरबाद लिन्छन। दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरु गीत गाएर श्यब्रु नाच्नथालिन्छ भने कोहि चौँरीको पुछर हातमा लिई झ्याम्टाको तालमा नाच्न थाल्छन यसलाई सिलु क्षोम्बु भनीन्छ। दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खता लगाई बिदा गरीन्छ।
यसरी बिबाह सम्पन्न भएपछी जन्तीहरु दुलहीलाई लिएर दुलहाको घरमा फरकीन्छ र दुलहीको स्वागतको लागी नाच गान गरीन्छ यसलाई टशिसोलुप भनीन्छ। बिबाहभएको केही दिन पछी दुलहा दुलही लाई लिएर ससुरालिमा जाईन्छ यसलाई कर्म लोउ भनीन्छ।
बिबाहभएको केही समय वा बर्ष पछी दुलहीलाई माइतीहरुको तर्फबाट दाइजो दिने प्रचलन छ। यसलाई लारु तोङ्गु भनीन्छ। यसमा पनि बिबाह गरे जस्तै सम्पुर्ण प्रकृया अपनाइन्छ। सो अवसरमा भनिने मोलामा माइतीबाट यती धनमाल, अरु नाताहरुबाट यती धन दिएकोभनि सुनाईन्छ।
उपरोक्त चलन सोलुतिर गरिने बिबाहको परम्पारीक चलनहो भने खुम्बुतिर भने केटा र केटीको मङ्नी (लोङ्ज्यङ) हुनासाथ दम्पतीको रुपमा संगै बस्छन र यसरी बसेको केही बर्ष पछीमात्र बिबाह गरीन्छ यस बिबाहमा केटीलाई दाइजो पनि संगै दिएर पठाउछन।
माथी उल्लेखीत बिबाहाको थितीरितीहरु गाँउघर तिर अपनाईन्छ तर आधुनिक कालमा शहरीक्षेत्रमा रहेका शेर्पा समाजमा भने ठाउँ र समय अनुसार बिबाहको रितीथितीम केही फरक देखीन्छ। शहरीक्षेत्रमा बिबाह गर्दा नजीकका केही नाताहरु मात्र जन्ति गै दुलही ल्याउने र पछी दुलहा र दुलहीको तर्फ बाट स्ंयुक्त रुपमा बिबाहको भोज खुवाउने चलन छ। अझ छोटकरीमा बिबाह गर्नलाई केटा र केटी दुवै तर्फका मनीसहरु बोलाई टिकाटालो गरि सोही दिन भोज खुवाई बिबाह सम्पन्न गर्ने चलन पनि चलेको छ।

शेर्पा नौरन

शेर्पाको जन्म (न्वरण्) सांस्कार
न्वारान
शेर्पा समुदायमा बच्चाको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ । बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरुको नामको आधारमा गरीन्छ जस्तो निमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम आपसमा मिल्छ।
नानीको न्वारानमा आफ्ना नातागोताहरु, साथीहरु र छिमेकीहरु जम्मागरि भोज खुवाउने चलन छ । नानीको न्वारानमा आएकाहरुले पनि नानीको लागी कोसेली वा खाम्मा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो मा धजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनीन्छ ।
Source : sherpaworld.com

solukhumbu

सोलुखुम्बु शेर्पाहरुको आदी थलो
सोलुखुम्बु शेर्पाहरुको आदी थलो - पासङ्ग ग्याल्जेन लामा-न्यूयोर्क अमेरिका
खुम्बु
बिस्वको सर्वोच्च शिखर सगरमाथा (क्षमूलोङमा) को काखमा अवस्थीत बर्तमानमा सगरमाथा राष्ट्रीय निकुन्जले ओघटेको सम्पूर्ण भुभाग लाई खुम्बु नामबाट चिनीन्छ । महालङगुर (नङ्पा ला) हिम्श्रीङ्खला र सगरमाथा (क्षमूलोङमा) देखि दक्षीण, तथा भोटेकोशी र इम्जाखोलाको दोभान् (लार्चा) देखि उत्तर तर्फको नाम्चे र खुम्जुङ गाउंबिकाश समिती अन्तरगतका ११४८ बर्ग किलोमिटर क्षेत्रफल भएको भुभाग लाई खुम्बु भनीन्छ । <...more...>