Late Ani Ngawang Pema. |
आनी ङवाङ पेमा को जन्म सन् १९२७ मा सोलुखुम्बु को नाम्चे बजार मा भएको थियो / वहा तरुनिमा निक्कै राम्री हुनु हुदो रहेछिन / जब वहा १६ / १७ बर्षको हुनु हुँदा खेरि वहा लाइ माग्न लाइ फाप्लु देखि मान्छे हरु जानु भएछ / तर बाबु आमाले जत्ति फकाए पनि आनी ङवाङ पेमा मान्नु भएन छ / वहा ले म बिहा सिहा गर्दिन म गुम्बामा गएर पद्छु भन्नु भएछ / अब यहाँ नेर हेर्नुस है, एउटा १६/ १७ बर्षकी तरुनी, भनेको जस्तो केटा खोजेर बिबाह गरि बच्चा जन्माएर एउटा सुखी परिवार बनाउने जुन सबै नारी अथवा महिलाको इच्छा हुन्छ त्यो आनी ङवाङ पेमा मा थिएन / वहा लाइ पैसा धन सम्पति र केटा संग मोह नै थिएन / खाली कसरी ज्ञान हासिल गर्ने भन्ने मात्र वहाको मनमा थियो / त जब फाप्लु बाट जन्ती नाम्चे पुग्यो आनी ङवाङ पेमा लिन लाइ तब अनि पेमा को अत्तो पत्तो थिएन नाम्चे मा / आनी ङवाङ पेमा जन्ती आउन अगाडी नै राती आफुले जे लगाई राखेको थियो त्यत्ति मात्र लिएर घर बाट भागेर जंगल तिर गई लुकेर बसेछिन / पछि त्यतै जंगल बाट वहा ज्ञान हाशिल गर्न तिब्बत मा जानु भएछ / त्यसरी तिब्बत पुग्नु भइ छुपसंग रिन्पोछे को गुम्बामा जानु भई आनी हुनु भएछ / पछी वहाले चिप्री भन्ने ठाउमा नप्टा रिन्पोचे कु खोंङमा र रोंङबुक मा ठुशी रिन्पोचे बाट ज्ञान हाशिल गर्नु भएछ / त्यस पछि वहा नेपाल फर्किनु भई तेङ्बोचे गोम्बमा, तेङ्बोचे रिन्पोचे को गुरु संग अझै ज्ञान हाशिल गर्नु भएछ / त्यस पछि वहा ध्यान गर्न लाइ तेङ्बोचे गोम्बको नजिकै देबुचे मा गुफा बस्न थाल्नु भएछ /
तपाई हरुले सुन्नु भएको छ होला लो सुम दो सुम भन्ने ? यो "लो सुम दो सुम" भनेको साधारण लामा अथवा ठावा हरुले ध्यान गर्न लाइ तीन वर्ष तीन महिना तीन हप्ता तीन दिन जस्तो गुफा बस्ने हो / त्यसरो जब कुनै लामा ले गुफा बस्नु हुन्छ तब उनि हरुले सिबाय एक जना जसले वहाको खाने कुरा अथवा अरु आवश्यक बस्तु हरुको बन्दो बस्त गर्छ ( त्यो पनि एक जना ले मात्र गर्नु पर्छ ) त्यो मान्छे बाहेक अरु संग कुरा पनि गर्दैनन् र भेट्नु त कुरै छोड्दिउ / यो एकदम ठुलो तपस्या हो /
तर आनी ङवाङ पेमा ले तीन वर्ष तीन महिना होइन ५० वर्ष भन्दा बढी त्यसरी बस्नु भयो / त्यो सुनेर केहि वर्ष अगाडी मात्र जब ठुशी रिन्पोचे तेङ्बोचे गुम्बाको रम्ने ( छ्याँङने ) गर्न तेङ्बोचे जानु भयो तेत्ति खेर ठुशी रिन्पोचे आनी ङवाङ पेमा लाइ भेटन ( आफ्नो दर्शन दिन भनौ कि आनी ङवाङ पेमाको दर्शन गर्न भनौ ? ) देबुचे जानु भएछ र आनी ङवाङ पेमा लाई अब तेती सरो लुकेर बस्नु पर्दैन आफ्नो अनुहार आफ्नो मान्छे हरु जो दर्सन गर्न आउछ तिनी हरु संग भेटेर कुरा गर्दा पनि हुन्छ भन्नु भए पछि बल्ल वहाले घर बाट टाउको बाहिर निकाल्नु भएको हो /
खुम्बु मा खुम्बु बिजुली कम्पनि बाट उत्पाधित बिजुली खुम्बु को सबै जसो गाउँमा पुर्याएको छ तर आनी ङवाङ पेमा ले उक्त सुबिदा पनि लिनु भएन छ / वहाले आफ्नो लाश जलाउने दाउरा ( जुन सबै श्युक्पाको थियो ) करिब १० वर्ष पहिला नै जम्मा गर्न लगाएका थिए / हामी साधारण मान्छे को लागि तेसो गर्नु नराम्रो मानिन्छ भने ज्ञान कमाएर राम्रो काम गर्ने हरुको लागी यसले जब त्यो दाउरा देख्छ तब आफु कुनै पनि बेला मर्न सक्छ त्यस कारण सके सम्म राम्रो काम गर्नु पर्छ भन्ने कुरा याद दिलाउछ / वहा जोखाना हेर्न पनि एकदम पोख्त हुनु हुन्थ्यो मतलब वहाको जोखाना एकदम सहि हुन्थ्यो अथवा मिल्थ्यो रे / वहाले भक्त ( खुम्बु को मान्छे ) हरुले चडाउनु भएको पैसा, चामल सबै खुम्बुको सबै जसो गोम्बाहरुमा दान गर्नु भएको थियो /
दुर्भाग्य बस आनी ङवाङ पेमा गत नोवेम्बेर को ११ तारिक शुक्रबारको दिन ८३ बर्ष को आयुमा स्वर्ग हुनु भएछ /
ॐ मने पेमे हुङ ह्री ! ॐ मने पेमे हुङ ह्री ! ॐ मने पेमे हुङ ह्री !
त यसरी एउटा साधारण नारी ले कत्रो त्याग गरि ज्ञान कमाउनु भएको एउटा राम्रो उदाहरण बनेको छ / केटी ले केहि गर्न सक्दैन भन्ने कुरा लाइ आनी ङवाङ पेमा ले झुटो साबित गराई, केटी ले अथवा महिलाले पनि चाहेमा जे पनि काम केटाले भन्दा बेशी पनि गर्न सक्छ भन्ने प्रमाणित गर्नु भएको छ / आनी ङवाङ पेमा जस्तो महान ब्यक्तिको अवतार अवश्य आउनु हुनेछ भन्ने हाम्रो आशा छ /
यो थ्रेड हाम्रो शेर्वी रिग्शुंग को गुरु ग्युर्मी छोडक ( ल्हाक्पा नुरु शेर्पा ) को कुरामा आधारित छ /
थुजिछे !
ङवाङ शेर्पा "गर्जा"
शेर्वी रिग्शुंग लोप्टा
न्यु योर्क
Sabhar : Sherpa Kyidug.org