शेर्पाको मरण सांस्कार -
मृत्यूसंस्कार शेर्पा समाजमा मृत्यू संस्कार बौधधर्म ङिङमपा सम्प्रदायको थितीरिती
अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ। लामा पुरोहीत हरु बोलाई धर्मीक बिधीअनुसार पाठपुजा गर्नु पर्दछ। सकभर ठूला लामाहरु बाट फोवा हाल्नु पर्दछ। लासलाई धार्मीक बिधी अनुसार ठु ( पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ। लामा बाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घर्मानै वा घर नभएमा मृत्यूसंस्कार गृने सुबिधा भएका सार्वजनीक गुम्बाहरुमा राखी दिन् रात पुजा गरिन्छ।शेर्पासमाजमा कसैको मृत्यूभएमा मृतकको नाताहरु धुप, र (छोव) प्रसाद लिएर जाने प्रचलन छ। लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्राहरु जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ। लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मीक बिधीबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ। लासमा आगो लगाएपछी सबै मलामिहरुलाई पैसा दिइने चलन छ यसलाई लक्पा रब्चे भनीन्छ।मृत्यू पछीपनि आत्मा आफ्नो घर परिवारको वरिपरीनै घुमी रहन्छ भन्ने बिस्वाश मा दाह संस्कार पछी
मृतकको मुर्ती बनाई सो मुर्तीलाई बिहान बेलुकिको खाना दिन र मृत्यू पछी हुने कुराहरुको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म संगै राखने चलन छ। यस प्रकृयालाई शेर्पा भाषामा (तेन स्योम्बु) अथवा सातु पाल्नु भनीन्छ ।यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकीन्छ। मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेल सम्म प्रतेक हप्ता अरु लामाहरु बोलाई पुजा गरीन्छ। यस पुजालाई दिन्जी भनीन्छ। मृत्यु भएको ३ देखी ७ साता भित्र लामा पुरोहीतहरु बोलाई पुजा गरी नातादारहरु, मित्रहरु बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पन्न गरीन्छ। मृतकको सम्झनामा प्रतेक बर्ष पुजा गर्ने चलन पनि छ। यसलाई लोम्ज्यु अथवा गोङ्जो भनीन्छ।
source: sherpaworld.com
मृत्यूसंस्कार शेर्पा समाजमा मृत्यू संस्कार बौधधर्म ङिङमपा सम्प्रदायको थितीरिती


source: sherpaworld.com
1 comment:
oh. my two nice friends are also from solukhumbu both are sherpa's.
Post a Comment