Sunday, June 22, 2008

फिलिपिनो परिवारले 'ब्लड मनी' स्वीकारे Dolma Case Update

फिलिपिनो परिवारले 'ब्लड मनी' स्वीकारे

देवेन्द्र भट्टर्राई
कतार, असार ७ - फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा एक वर्षघि मृत्युदण्ड सुनाइएकी नेपाली डोल्मा शर्ेपाका तर्फाट बुझाउन लागिएको 'ब्लड मनी' -क्षतिपर्ूर्ति रकम) पीडित परिवारले स्वीकारेको छ । यसले डोल्माको जीवनरक्षाको सम्भावना बढेको छ ।
फिलिपिनो युवतीको परिवारले डोल्माका तर्फाट नेपाल सरकारले प्रस्ताव गरेको १० हजार डलर -७ लाख रुपैया“) ब्लड मनी स्वीकार गरेकाले यसै महिना हुनसक्ने भनिएको पुनरावदेनको अन्तिम सुनुवाइ सकारात्मक हुने देखिएको हो ।
साउदी अरेबियाको राजधानी रियादस्थित नेपाली राजदूत हमिद अन्सारीका अनुसार फिलिपिन्सको मनिलास्थित नेपाली अवैतनिक दूत जिसस एम जुलुयतामार्फ आएको पत्रमा सम्बन्धित पीडित परिवारले ब्लड मनी स्वीकार गर्ने सहमति आएको छ । राजदूतका अनुसार डोल्माको जीवन बचाउन सकिने सम्भावना प्रबल भएर गए पनि अदालतबाट हुने थप
सजायबारे अहिल्यै निक्र्योल गर्न सकिने अवस्था छैन ।
सिन्धुपाल्चोकको दर्ुगम गाउ“ गुम्बाकी २७ वषर्ीया डोल्माका पति आङ तेन्जी र उनीहरूका चार वषर्ीय छोरा गाउ“मै छन् । इराकमा काममा गएका तेन्जी पनि डोल्मालाई मृत्युदण्ड सजाय सुनाइएको खबर सुनेर चार महिनाअघि नेपाल फिरेका हुन् ।
डोल्मालाई मृत्युदण्ड दिइएको समाचार र्सार्वजनिक भएपछि नेपाल सरकारले उनको जीवनरक्षाका लागि चार लाख रुपैया“को बीउ रकम राख्दै संसारभरका नेपाली समुदायलाई सहयोगको आग्रह गरेको थियो । विश्वका ४० देशमा सञ्जाल रहेको गैरआवासीय नेपाली संघसहितको पहलमा डोल्माको जीवनरक्षाका लागि अहिलेसम्म ३२ लाख रुपैया“भन्दा बढी सहयोग संकलन भएको छ ।
जीवनरक्षामा आवश्यक कानुनी प्रक्रियामा सघाउ पुर्‍याउन रियाद नियोगले कुवेती मूलका एक वकिल अल तारिक अल खर्जलाई दर्ुइ महिनाअघि नियुक्त गरिसकेको छ । कुवेतस्थित नेपाली व्यवसायी मित्र सिञ्जालीले स्थानीय नेपाली समुदाय डोल्माको जीवनरक्षा हुनसक्ने खबरले उत्साहित बनेको प्रतिक्रिया दिए । रियादस्थित राजदूत अन्सारीका अनुसार डोल्माको जीवनरक्षामा अब बाटो खुलेको भए पनि ब्लड मनी स्वीकार्ने सहमतिको कागजी प्रक्रिया अघि बढाउन बा“की छ । 'अब यही जुन महिनाभित्रमा सबै कागजी र कानुनी प्रक्रियाको टुंगो लाग्ला, उनले रियादबाट फोनमा भने ।
सभार : कान्तिपुर दैनिक

No comments: