Wednesday, November 24, 2010

लुक्ला विमानस्थल विश्वको उत्कृष्ट आठमा

लुक्ला विमानस्थल विश्वको उत्कृष्ट आठमा


काठमाडौ, मंसिर ८ - रोमाञ्चक अनुभवका लागि डरलाग्दो खेल खेल्नु पर्दैन । लुक्ला विमानस्थलसम्म जहाजमा यात्रा गर्नुहोस् ।

सहासिक र रोमाञ्च मनपराउनेका लागि यो पनि एउटा माध्यम हुन सक्छ । हिस्ट्री च्यानलको 'मस्ट एक्स्िट्रम एयरपोर्ट र्‍यांकिङ' मा लुक्ला विमानस्थल विश्कै डरलाग्दो विमानस्थलमा गनिएको छ । जसलाई फेरि एकपटक अन्तर्राष्ट्रिय वेबसाइट प्राइभेटफ्लाई डट कमले सूचीकृत गरेको छ । वेबसाइटका अनुसार यो रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौं स्थानमा पर्छ ।
लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्छ,' वेबसाइटमा लेखिएको छ । रनवे सकिनासाथ सय मिटर अग्लो ढुंगको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ । यहाँ गल्तीका लागि कुनै छुट छैन । यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो ।

वेबसाइटको सूचीमा पहिलो स्थानमा स्विट्जरल्यान्डको सियोन, दोस्रोमा क्यारिबियनको पि्रन्सेस जुलियाना र तेस्रोमा सेन्ट बार्टस, चौथोमा जिब्रल्टर र पाँचौमा स्विट्जरल्यान्डको सेन्ट गालेन अल्टन्र्हाइन एयरपोर्ट रहेको छ । त्यस्तै छैठौंमा पोर्चुगलको मदाइरा फुन्चल, सातौंमा लन्डन सिटी, नवौंमा लस भेगसको म्याक्रन र दसौं स्थानमा स्कटल्यान्डको बारा एयरपोर्ट रहेका छन् ।
Source : ekantipur.com

No comments: