
त्यसैगरी महिलातर्फस्कटल्यान्डकी एन्जेला मेरीले ४ घन्टा ५९ मिनेटमा दूरी पार गरी प्रथम स्थान हात पारेकी छन् । दोस्रो र तेस्रो क्रमशः ल्हाक्पादिकी शर्ेपा र निमायाङजी शर्ेपाले हात पारे । उनीहरू दुवैले निर्धारित दूरी ५ घन्टा १८ मिनेट र ५ घन्टा १८ मिनेट २० सेकेन्डमा पूरा गरेका छन् । विदेशीतर्फबेलायतका क्र्याग मोटाक्सले पहिलो स्थान हात पारे । उनले ४ घन्टा ५१ मिनेटमा दूरी पूरा गरे । दोस्रो र तेस्ा्रो क्रमशः स्कटल्यान्डकी एन्जेला मेरी र न्युजिल्यान्डका साम बेकरले उपाधि जिते । महिलातर्फप्रथम स्थान हात पार्न सफल एन्जेला मेरी विदेशीतर्फो प्रतिस्पर्धामा भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् ।

म्यारथनमा स्वदेशी तथा विदेशी गरी ८७ जनाले भाग लिएका थिए । विदेशीतर्फ६८ र स्वदेशी १९ ले सहभागिता जनाएका थिए । उक्त म्याराथन बेलायती नागरिक डागना पेनिकले प्रत्येक दर्ुइ वर्षा आयोजना गर्दै आएकी छन् । उनले सन् १९८७ देखि एभरेस्ट म्याराथन गर्दै आएकी हुन् ।
खुम्बुको कठ्याङ्ग्रिने जाडामा सहभागीहरू उत्साहसाथ दौडेको स्थानीय कामीरिता शर्ेपाले जानकारी दिए । सहभागिबाट उठेको रमक उनले नाम्चेको डेन्टल क्लिनिक र शिक्षामा लगानी गर्ने भएको शर्ेपाले बताए ।
No comments:
Post a Comment