Sunday, October 10, 2010

भारतीय राजदूत सूदको सुरक्ष्य खटिएका प्रहरी जवान को मृत्यु |

२५ आश्विन/लुक्ला – भारतीय राजदूत राकेश सुदको सुरक्षाका लागि थप सुरक्षाबलका रुपमा सोलुखुम्बुको लुक्ला पुगेका एक प्रहरी जवानको आज विहान मृत्यु भएको छ । सोलुुखुम्बु नेचा घर भएका प्रहरी जवान राजन राउतको आज विहान सवा ४ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो राती ९ बजेदेखि नै पेटको दुखाईका कारण बोकेर पासाङल्हमु निकोल निकी अस्पताल लुक्ला पु¥याइएका राउतलाई विहान २ बजे भने अत्याधिक पेट दुखेको इलाका प्रहरी कार्यालय लुक्लाका इन्चार्ज रामलखन महतोले जानकारी दिनुभयो ।

राउतको मृत्यु पासाङल्हमु निकोल निकी अस्पताल लुक्लामा नै भएको हो । राउतको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भईरहेको पनि महतोले जानकारी दिनुभयो । महतोका अनुसार राउतको मृत्युको कारणका बारेमा अहिले केही खुलेको छैन ।

लुक्लामा सरकारी स्वामित्वको अस्पताल नभएको कारण बोकेर नै शब लुक्लावाट फाप्लु ल्याउन लागिएको हो । लुक्लावाट जिल्ला अस्पताल फाप्लु आउन रित्तो व्यक्तिलाई २ दिन लाग्छ ।

खानेपानी शिलान्यासका लागि खुम्जुङ पुगेका भारतीय राजदूत राकेश सुदको सुरक्षाका लागि थप सुरक्षाकर्मी लुक्ला, नाम्चे तथा खुम्जुङ तर्फ लाने क्रममा सोलुखुम्बुकै खरिखोला प्रहरी चौकीवाट लुक्ला पुगेका थिए । सुदको सुरक्षार्थ सोलुखुम्बु जिल्लाका विभिन्न गाविसमा खटिएका प्रहरीहरुलाई सल्लेरी तथा खुम्बु क्षेत्रमा पु¥याइएको थियो ।
 
साभार सोलु अनलाइन

No comments: